Mengenai MiDas eCLASS
MiDas eCLASS - The Learning App (Nursery to Class 10)
नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरुले
मोबाइल वा कम्प्युटरमा MiDas eCLASS प्रयोग गरेर
✓ पाठमा आधारित Animated Video हरु हेर्दै बुझेर पढ्न पाउँछन्
✓ पाठ नबुझेमा वा Homework गर्न नजानेमा घर बाटै शिक्षकसंग सोध्दै सिक्न पाउँछन्
✓ Tutorial Videos हेर्दै उत्तर लेख्ने तरिका र Numerical Problems Solve गर्ने तरिका सिक्न पाउँछन्
✓ पाठमा आधारित Quizzes & Games खेल्दै रमाउदै सिक्न पाउँछन्
✓ Sample Exam का प्रश्न-उत्तरहरू Practice गरेर परिक्षाको तयारी राम्रोसंग गर्न पाउँछन्
✓ आफुले बनाएको चित्र, लेखेको कथा वा कबिता प्रकाशन गर्न पाउँछन्
✓ आफ्ना साथीहरुसंग, पाठमा आधारित Game र Quiz मा प्रतिस्पर्धा गर्न पाउँछन्
✓ जत्ति धेरै पढ्छन तेत्ति धेरै point कमाउछन र त्यो Point प्रयोग गरेर Gift हरु किन्न पाउँछन्
✓ आफ्नो बिद्यालय, जिल्ला वा देशमा उत्कृस्ट भएमा, थप Gift हरु पाउँछन्
Animated Video Lessons
मिदास ई–क्लासमा मुख्य विषयका पाठ अनुसारका Animated Video Lesson हरू छन्। यी Video Lesson हरूले विद्यार्थीहरूको पढाइमा रुचि बढाउनुका साथै अप्ठ्यारा पाठहरु सजिलै बुझ्न मद्दत गर्दछ। यसले गर्दा उनीहरूको सिकाइ दीर्घकालीन हुन्छ।
अझ साना नानीबाबुहरूले त यी भिडियोहरु रमाउँदै हेरेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न र सहि उच्चाहरण गर्न सजिलै सिक्छन्।
Tutorial Classes
अनुभबी शिक्षकहरुले कठिन प्रश्नहरूको उत्तर लेख्ने तरिका सिकाएको भिडियोहरू मिदास ई–क्लासमा उपलब्ध छन् । यी भिडियोहरू विध्यार्थीहरूले जहाँबाट जतिबेला पनि दोहोर्याएर हेरेर आफ्नो पाठ सिक्न सक्छन्।
Quizzes & Exercises
मिदास ई–क्लासमा पाठमा आधारित हजारौं Quizzes & Games राखिएको छ। ती Quizzes & Games रमाउँदै खेलेर पनि विद्यार्थीहरुले आफ्नो पाठ सजिलै सिक्छन्। पाठमा आधारित Quizzes & Games हरूले विद्यार्थीहरुको सिकाइमा रूचि पनि बढाउँछ।
साना नानीबाबुहरूले त यी Quizzes & Games रमाउँदै खेलेर अंक, अक्षर (१ २ ३, क ख ग, ABC) र शब्दहरू चिन्न सजिलै सिक्छन्।
You Ask, We Answer
जब विद्यार्थीहरू घरमा पढ्न बस्छन् तब उनीहरुले केहि नबुझेमा वा नजानेमा मिदास ई–क्लासमा टाइप गरेर वा फोटो खिचेर सोध्न पाउँछन्। मिदास ई–क्लासमा सयौं अनुभवी शिक्षकहरु उपलब्ध हुनुहुन्छ। उहाँहरुले मिदास ई–क्लासबाट विद्यार्थीहरूलाई घरमा नै आएर सिकाए जस्तै गरि सिकाउनुहुन्छ।
Practice Exam QAs
विद्यार्थीहरूलाई परीक्षाको तयारी गर्न मद्दत गर्न हरेक विषयको नमुना प्रश्न र उत्तर मिदास ई–क्लासमा राखिएको छ। विद्यार्थीहरूले आफूले चाहेको विषयको कुनै पनि पाठ छानेर नमुना परीक्षा दिन सक्छन्। आफ्नो उत्तरलाई त्यहाँ दिइएको उत्तरसँग दाँज्न सक्छन्।
अभिभावकहरूले पनि मिदास ई–क्लासबाट प्रश्न पत्र निकालेर आफ्ना नानीबाबुहरुलाई नमुना परीक्षा गराउन सक्नुहुन्छ। नानीबाबुहरुले दिएको उत्तर त्यहीँ दिइएको उत्तरसँग दाँजेर हेर्न सक्नुहुन्छ।
Creations & Reviews
मिदास ई–क्लासमा विद्यार्थीहरूले बनाएको चित्र, लेखेको कथा वा कविता प्रकाशन गरेर आफ्नो अभिभावक, शिक्षक वा साथीहरूलाई देखाउन पाउँछन्, जसले गर्दा उनीहरूलाई अझ राम्रो गर्ने हौसला मिल्छ।
Learn, Earn Points and Buy Gifts
विद्यार्थीहरूलाई सिकाइमा उत्साह जगाउन मिदास ई-क्लासमा Points र Coins को व्यवस्था गरिएको छ। उनीहरूले मिदास ई-क्लासमा जति धेरै सिक्छन्, तेत्ति धेरै Points र Coins पाउँछन्। ती Coins प्रयोग गरेर विद्यार्थीहरूले खेलौना, खानेकुरा, उपहार, किताब वा अन्य बिभिन्न प्रकारका सामग्रीहरू किन्न पाउँछन्।
यसले उनीहरूलाई अरू गेम खेले जस्तै रमाइलो अनुभुति दिनुको साथै पढ्न प्रेरित पनि गर्दछ।
Challenges with Friend
मिदास ई-क्लासमा विद्यार्थीहरूले आफ्नो साथीहरूसंग आफ्नो कक्षाको कुनै पनि विषयको Game र Quizमा प्रतिस्पर्धा गर्न पाउँछन्। उनीहरूले सोही कक्षामा पढ्ने कुनै पनि विद्यार्थीहरूलाई प्रतिस्पर्धामा आउन अनुरोध गर्न सक्छन्।
यसले उनीहरूलाई साथीहरू बीच प्रतिस्पर्धी बनाउनुको साथै सिकाइमा रमाईलो पन पनि ल्याउँछ।
Leader board
मिदास ई-क्लासमा विद्यार्थीहरूले प्राप्त गरेको Points को आधारमा अङ्कतालिका तयार परिएको छ। यो अङ्कतालिका हेरेर उनीहरूले आफ्नो विद्यालय, जिल्ला र देशमा आफ्नो श्रेणी थाहा पाउँछन्। माथिल्लो श्रेणीमा हुने विद्यार्थीहरूले हरेक महिना थप Points पाउँछन्। ती पोइन्त्स् प्रयोग गरेर उनीहरूले थप सामग्री किन्न पाउँछन्।
यसले उनीहरूलाई आफ्नो पाठ झन् राम्रोसंग सिक्न प्रेरित गर्दछ।
Performance & Progress
मिदास ई-क्लासमा विद्यार्थीले कुन विषय, कहिले, कतिबेर र के के पढे भन्नेकुराको विश्लेषणात्मक रिपोर्ट राखिएको हुन्छ। अभिभावकले यो विश्लेषणात्मक रिपोर्ट हेरेर आफ्नो बालबालिकाको पढाइको बारेमा जानकारी पाउन सक्नुहुन्छ।
Maklumat APLIKASI tambahan
Versi Terbaru
2.2.74Dimuat naik oleh
Wai Yan Linn
Memerlukan Android
Android 4.4+
Category
PERCUMA Pendidikan APLIKASIPenilaian Kandungan
Everyone
Laporkan
Tandai sebagai tidak sesuaiApa yang baru dalam versi terkini 2.2.74
Last updated on Sep 25, 2020
Bug fixes









